प्रदीप्नराज पन्त
राम कथा र रामसँग सम्बन्धित आस्था जगत्मा जताततै पाइन्छ । नेपालमा मात्र होइन, थाइल्यान्डमा रामायणका बारेमा यति गहिरो विश्वास छ कि तीन दिन, तीन रात जसले रामायण पाठ गर्छ, त्यसले जतिखेर चाह्यो त्यतिखेर आकाशबाट पानी पार्न सक्छ भन्ने मान्यता छ । थाइल्यान्डको रामायण पनि वाल्मीकिद्वारा नै रचना गरिएको भनिए पनि उनीहरूले रामायणलाई रामाकिन भन्छन्, जुन दुईथरी छ । पहिलो रामाकिन हिन्दुहरूको राम कथासँग नै मिल्छ भने अर्को कथामा सीतालाई रामकी बहिनी भनिएको छ । अर्को खमेरुज ‘भर्सन’को रामायण कम्बोडियामा छ, जसलाई रामकृति (रिमकीर्ति) समेत भनिन्छ, त्यो कथाचाहिँ वाल्मीकि रामायणसँग मिल्दैन । कम्बोडिएन रिमकीर्तिमा रामलाई बुद्धभन्दा अघिका भगवान् भनिएको छ र बुद्धको जन्म हुनुअघि रामावतारमा के–के गर्नुभयो भनेर बुद्धसँग सम्बन्धित कथा र स्थानीय लोककथाहरूलाई मिलाएर रामकीर्तिमा कथा बनाइएको छ । नेपालमा रामायण कथाहरू नाटक, गीत, सिनेमालगायत सर्वत्र प्रयोग गरिएजस्तै कम्बोडियाको लोकसाहित्यदेखि आधुनिक रङ्गमञ्चमा समेत रामकीर्तिको कथा प्रयोग गरिन्छ ।
इथियोपियाका राजा हैले सिलासीले आफू कुश वंशको उत्तराधिकारी भएको र हिन्दु पुराणमा वर्णित कुशद्वीप इथियोपिया पर्ने, उक्त द्वीपमा रामका सुपुत्र कुशले लामो समय राज्य गरेको कुरा आफ्नो आत्मवृत्तान्तमा लेख्नुभएको छ । रामका सुपुत्र कुशले इथियोपियामा राज्य गरेको प्रमाण अनुसन्धानबाट सजिलै पत्ता लगाउन सकिने र अहिले केही प्रमाणहरू इथियोपियामा उपलब्ध रहेको उहाँको दाबी छ ।
चीनको रामायणचाहिँ वाल्मीकि रामायणकै अनुवाद हो भन्ने गरिएको भए पनि कथाहरू बौद्ध दर्शनसँग पनि मिल्दोजुल्दो छ । यसकारण वाल्मीकि रामायणका केही भागलाई चीनमा सम्पादन गरिएको हुन सक्ने मत विद्वान्हरूको छ । चीनको रामायणमा रामलाई लोमो, भरतलाई पालोतो, लक्ष्मणलाई लोमन, नारायणलाई नालोयन भनेर उद्धरण गरिएको छ । रामायण तमिल भाषामा पनि छ । यसको साथै भारतका कैयन भाषाहरू जस्तो कि गुजराती र अन्य भाषामा समेत रामायण उपलब्ध छ भने कतिपय भाषामा रामायणका केही प्रसङ्ग उल्लेख गरेर दोहा या गीतहरू बनाइएको छ ।
कहाँ छ अयोध्या ?
लगभग विश्वभरि नै आस्थाको धरोहर मर्यादा पुरुष राम विश्वव्यापी र सबैका मान्य हुनुहुन्छ तर पनि रामको जन्मभूमिप्रति मतैक्य हुन सकेको छैन । विश्वभरि नै धेरै स्थानहरूमा रामको जन्मभूमि अयोध्या भन्ने गरिएको भए पनि अयोध्या कहाँ हो भन्ने निक्र्योलचाहिँ वैज्ञानिक अनुसन्धानबाट कायम भइसकेको छैन । सरसर्ती हेर्दा १५ भन्दा बढी ठाउँमा रामको जन्मभूमिबारेमा स्थानीय मानिसलगायत बुद्धिजीवीहरूले दावा गरेको पाइन्छ । धेरै देशहरूले राम जन्मभूमिका बारेमा वकालत गर्ने गरेको प्रमाणसमेत पाउन सकिन्छ ।
नेपालमा पनि अहिले राम जन्मस्थलका बारेमा पुराताŒिवक अन्वेषण गर्न लागिएको समाचार आएका छन् । राम जन्मभूमिका बारेमा भएको आधिकारिक र सर्वमान्य पुराताŒिवक महŒवको प्रामाणिक अनुसन्धानअनुसार, (विशेषगरेर जवाहरलाल नेहरू विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले) अहिले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले भूमिपूजन गर्नुभएको अयोध्या राम जन्मभूमि हुन सक्ने आधार वाल्मीकि रामायणलगायत अन्य पौराणिक दस्तावेजमा उल्लेख भएबमोजिम नभएको दाबी गरेका छन् । रामको जन्मभूमि यही ठाउँ हो भन्ने पुराताŒिवक प्रमाण अन्य अनुसन्धानकर्ताहरूले समेत अहिलेसम्म पत्ता लगाएको देखिँदैन । आखिर राम जन्मभूमि अयोध्या कहाँ हो त ?
अयोध्याको दाबी एक ठाउँमा नभएर, यत्रतत्र सर्वत्र छ । थाइल्यान्डको प्राचीन राजधानीलाई पनि अयुत्थ्या (अयोध्या) नै भनिन्थ्यो । र, यसको झलक बैङ्ककको कुनै–कुनै स्टोरहरूको नामबाट प्राप्त गर्न सकिन्छ । अहिलेको थाइ राजपरिवार पनि राजा रामकै वंशज भएको दाबी गर्छन्् । अहिलेको ब्याङ्कक नै रामको असली जन्मभूमि भएको दाबी उनीहरूको छ ।
लाओसले पनि आधिकारिक रूपमा नै राम आफ्नो भूमिमा जन्मिएको दाबी गरेको छ । केही पुराताŒिवक अनुसन्धानकर्ताहरूका अनुसार रामको सुपुत्र लवले लामो समय लाओसमा राज्य गरेका थिए भने कुशले इथियोपियामा । कुशद्वीप अहिलेको इथियोपियालाई भनिन्छ । लाओसका केही विद््हरूका अनुसार रामको पुर्खादेखिको भूमि लाओस भएको र रामले भारतवर्षलगायत अन्य भूमि पछि आर्जेको भन्ने पनि छ । इथियोपियाका महाराजको ‘बायोग्राफी’मा रामका पुर्खाहरू इथियोपियामै जन्मिएको भन्ने छ । कम्बोडियामा रामको मूर्ति र रामसँग सम्बन्धित अनेक नाटक, लोकगीत आदि अनन्तकालदेखि प्रचलनमा छन् भने रामको जन्मभूमि पनि उनीहरूको आफ्नै देशमा भएको मत पनि त्यहाँका केही विद्वान्को छ ।
भारतमा उत्तरप्रदेशमा अवस्थित वर्तमान अयोध्याबाहेक पनि धेरै ठाउँमा अयोध्या अर्थात् रामको जन्मभूमि भएको दाबी गर्र्ने गरिएको छ । नेपालको चितवन जिल्लाको अयोध्यापुरीलाई पनि रामको जन्मभूमि भन्न थालिएको छ । यसकारण पुराताŒिवक अनुसन्धानको ठोस प्रमाण नआउन्जेलसम्म राम जन्मभूमि अयोध्या यही ठाउँ हो भनेर किटान गर्न सहज छैन । यसकारण अयोध्याका बारेमा व्यापक खोजतलास र अध्ययन अनुसन्धान आवश्यक देखिन्छ ।
कस्तो थियो अयोध्या
अर्बौं मानिसको आस्थासँग जोडिएका राम जगतप्यारा छन् । जताततै छन् । भगवान् रामको अस्तित्व प्रमाणभन्दा पर छ । पौराणिक मान्यताअनुसार २४ लाख वर्षअघि (त्रेतायुग)को प्रमाण प्राप्त गर्न मुस्किलमात्र होइन, असम्भव छ भने विज्ञानसम्मत प्रमाण पनि प्राप्त गर्न ज्यादै सकस हुन्छ ।
अयोध्या प्रमाणित गर्ने हालसम्म एउटै आधार भनेको वाल्मीकि रामायणमा उल्लिखित रामको दरबारजस्तै दरबार बनाउने नै हुन सक्छ । सम्भवतः अहिले भारतको अयोध्यामा कुनै पनि रामसँग सम्बन्धित प्रमाण उत्खननबाट प्राप्त गर्न नसकिए पनि दरबार बनाउन र अयोध्या प्रमाणित गर्न खोजिएको देखिन्छ ।
संसारमा आस्थाका मन्दिरहरू या आस्थासँग सम्बन्धित विषयहरू आफ्नो भन्नुमा गर्व हुने गरेको छ र हो पनि । इस्लामका अनुयायीहरूमध्ये कतिले अबु बकरको जन्म इराकमा भएको र मक्कामा गरिने वार्षिक इस्लामिक प्रचलन इराकमा गर्नुपर्ने तर्क गर्छन् भने कतिपय इरानी विद्वान्ले अबु बकरले दिनुभएको अल्लाहको सन्देश मक्का मदिनामा नभई, इरानको भागमा दिएको भन्ने गर्छन् । राम पनि सायद आस्थामात्र नभई, व्यापारसम्म जोडिएको हुन सक्छन् ।
राम जन्मभूमि भएको आधिकारिक प्रमाण कसैसँग पनि देखिएको छैन । यो अर्थमा नेपालले अनुसन्धान गर्न खोज्नु पक्कै पनि असल नियतकै उपज मान्नुपर्छ । वाल्मीकि रामायणमा उद्धृत गरिएजस्तै अलौकिक राम मन्दिर बन्ने सपना देख्नु पनि राम्रै हुन्छ तर मन्दिरको नाममा संसारभरि भएजस्तै सामान्य घर बनाउने र राम, सीता, भरत, लक्ष्मण, शत्रुघ्नको मूर्तिमा माला पहि¥याएरमात्र राख्ने हो भने त्यसले न त आस्थालाई बचाउँछ न त नेपालमा अयोध्या देख्ने नेपालीको सपना नै पूरा हुन्छ । á
(लेखकसँग अन्तर्राष्ट्रिय संस्थाहरूमा लामो समय काम गरेको अनुभव छ ।)