प्रदीप्नराज पन्त
अहिले नेकपाभित्र मात्र होइन, नेपालका सबै दलमा सहभागिताको प्रकृतिमा विरोधाभाष छ ।पँुजीवादलाई समाप्त गरेर अथवा भनौँ समाजमा केही सीमित मानिसको स्वामित्वमा हुने पुँजीको सञ्चयबाट हुनसक्ने सम्भाव्य विकृतिलाई रोक्नुपर्छ भन्ने मान्यतासँग तादात्म्य राख्दै पूर्वमा कोरिया र पश्चिममा क्यूबासम्मका धेरै मानिसहरू साम्यवादका अनुयायी भए । सन् १९१७ अक्टोबर क्रान्तिपछि धेरै मानिसलाई साम्यवाद निर्माणको लागि पुँजीवादी मान्यतालाई जरैदेखि उखेलेर लड्न जरुरी छ भन्ने लाग्यो । संसारभरिका कैयौँ मानिसले ठूलो जोखिम उठाए र लाखौँले शहादत दिए ।
साम्यवादीहरूले सुरुमा पश्चिमको समृद्ध आर्थिक बजारलाई ज्यादै निन्दा गरे । यसैले २० औँ शताब्दीको मध्यसम्म अमेरिकालाई सबैभन्दा भयावह शत्रुको रूपमा उनीहरूले प्रस्तुत गरे । तर सन् १९८९ मा सोभियत सङ्घको विखण्डनपछि संसारबाट साम्यवाद सकिन लागेको महसुस गर्न थालियो । हुन पनि उत्तर कोरियाबाहेक चीनमा समेत बजार अर्थव्यवस्थाको प्रकृति बदलियो । सत्ता कम्युनिज्मको एक सय वर्षको इतिहास, अक्टोबर क्रान्तिपछि, कैयौँ उतार चढाव आयो तर औद्योगीकरण र समाज निर्माणको माग भने जताततै, जहिले पनि उस्तै रह्यो । यस्तै, औद्योगीकरण र समाज निर्माणको माग गरेर नेपालमा कम्युनिस्टहरू उदाए । वि.सं. २००६ मा पुष्पलालले आधिकारिक रूपमा कम्युनिस्ट पार्टीको स्थापना भएको घोषणा गर्नुभयो । त्यसपछि थुप्रै कम्युनिस्ट पार्टीहरू
नेपालमा देखापरे ।
नेपालमा वि.सं. २०७२ मा संविधानसभाले संविधान निर्माण गर्यो र समाजवाद उन्मुख सङ्घीय शासनव्यवस्थाको सूत्रपात भयो । विभिन्न चिरामा विभक्त केही दल एकै दलमा आबद्ध हुन पुगे । करिब तीन वष अघि १० वर्ष जनयुद्ध गरेको माओवादी र झापा विद्रोह सामेल भएको नेकपा माले हुँदै नेकपामा एकीकरण भयो । तर एकीकरणको केही वर्ष नपुग्दै यो दल गहिरो सङ्कटमा परेको आभास भइरहेको छ ।
आरोप प्रत्यारोप अनि शून्य विचार
दलभित्र विभिन्न प्रवृत्ति देखिनु, शक्तिका लागि सङ्घर्ष, आफूसँग फरक मत राख्ने दलका सदस्यसँग शत्रुतापूर्ण व्यवहार र अव्यवस्थाको कारणले गर्दा नेपालको राजनीतिमा एक किसिमको नाटकीय घटनाहरू दिनानुदिन देखिन थालेको छ । यस किसिमको व्यवहारले दलहरूको भविष्य र महत्वको प्रश्न मात्र उब्जाएको छैन यसले नेपालीको तीव्र विकासको चाहनामा समेत कुठाराघात गर्ने सङ्केत देखाएको छ । विगत झण्डै तीन वर्षअघि दुई कम्युनिस्ट दल एकाकार हँुदा समाजवाद उन्मुख क्रियाकलाप शिक्षा र स्वास्थ्यमा प्राप्त हुने आशा नेपालीले देखेका भए पनि अहिलेसम्म विश्वसनीय अवधारणा या विकल्प विकास हुन सकेन । अहिले सत्तारुढ कम्युनिस्टको नेतृत्व केन्द्रबाट दायाँ गएको र केही राष्ट्र्यि अन्तर्राष्ट्र्यि शक्तिले त्यो पार्टी नै फुटाउन लागे भनेर आरोप प्रत्यारोप लगाएको देखियो ।
नेपालका कम्युनिस्टहरूले अन्य देशका कम्युनिस्टको तुलनामा कुनै विचार विश्वव्यापी स्तरमा संश्लेषण गर्न सकेको देखिंँदैन । हुन त अहिले नेकपालाई विश्वकै पाँचाँै ठूलो दल भन्ने गरिएको छ तर यतिखेर नेकपाको वैचारिक हिसाबकिताबमा आफ्नै विशेषताहरू भएको कम्युनिस्टजस्तो चाहिँ देखिन सकेको छैन । यसको मतलव नेकपा सम्पूर्ण रूपले विचारशून्य नै हो भन्ने निक्र्यौल चाहिँ होइन ।
विसँ २००६ मा स्थापना गरेदेखि नै नेपालका कम्युनिस्ट पार्टीहरूले आफ्नो अवधारणामा सुधार गर्दै आएको देखिन्छ । मदन भण्डारीले जनताको बहुदलीय जनवादको (जबज) सूत्रपात गर्दा नै उहाँलाई गहन सुधारवादी नामकरण दिइएको थियो तैपनि उहाँको सिद्धान्त श्रमिक वर्ग र समाजवादको निबमा अडेको चाहिँ देखिन्छ तर यसलाई पूर्व माओवादीहरूले आन्दोलन सुरु गर्दादेखि नै विरोधाभाषको रूपमा चित्रण गरेका थिए । माक्र्सको एउटा सिद्धान्तले भन्छ– समाजवादविना ठूलो सङ्गठन सम्भव हँुदैन र जनताविना सानो समाजवादी समूह पनि विकसित हुनसक्दैन । अहिलेको नेकपामा यो भनाइ लागु हुन्छ । पूर्व एमालेमा सङ्गठन सुदृढ थियो तर समाजवादी मान्यता विकास भइसकेको थिएन र पूर्व माओवादीले यसलाई विस्तृत गर्न खोज्यो तर उनीहरूको सङ्गठन कमजोर थियो । जनताको पूर्णरूपमा सहभागिता भएन भने समाजवाद सफल हुनसक्दैन । यसकारण अहिले पनि नेकपाको विवादलाई हेर्दा पदको लागि सङ्घर्ष देखिए पनि असलमा यही दुई सिद्धान्तबीचको असमानता हो जसलाई नेतृत्वले चिर्न सकेन भने यसले गम्भीर परिणाम देखाउनेछ । नेकपा धेरै चिरामा विभक्त भयो भने यसले देशलाई नोक्सान बनाउनेछ । औद्योगीकरण गर्ने नेपालीको सपनामा कुठाराघात हुनेछ । सुरुमा माओवादीले चीनमा माओको जस्तै क्रान्तिकारी समाजवादको वकालत गरेको थियो तर यसको दीर्घकालीन रणनीतिमा संसदीय कार्यको महत्व र सत्ताबाट प्राप्त हुने लाभलाई मान्यता दिएको देखियो । क्रान्ति बाँकी नै छ भने पनि उनीहरूको व्यवहारले संसदीय व्यवस्थालाई सर्वोपरि महत्व दिएको देखिन्छ । यही तत्कालीन एमालेको हदमा पनि लागु हन्छ । यसरी राज्य सञ्चालनमा संसदीय व्यवस्था सर्वोपरि भइसकेपछि दल सञ्चालनमा पनि संसदीय व्यवस्थामा जस्तै संसदीय हस्तक्षेप अर्थात् सङ्ख्याको आधारमा या संसदीय हस्तक्षेपलाई एउटा प्रतिबद्धताका साथ स्वीकार गर्नु स्वाभाविक नै थियो ।
समाजवादका लागि एउटा स्वतन्त्र सङ्क्रमण चुनावद्धारा प्राप्त गर्ने कोशिसमा कम्युनिस्टहरू लागे तर वास्तवमा चुनावबाट प्राप्त हुने संसद्को अधिकारबाट कम्युनिस्टहरूलाई सामरिकभन्दा रणनीतिक पक्ष मात्र प्राप्त हुन्थ्यो । अहिले सबै कम्युनिस्टको रणनीति उस्तै द्ेखिएको हुनाले क्रान्तिकारी समाजवाद नेपालमा लागु नहुने निश्चित छ । दलभित्र असन्तोष देखिनको मुख्य कारण यही नै हो । यसको साथै पूर्व माओवादीले लिएको २१ आंँ शताब्दीको जनवाद र पूर्व एमालेको बहुदलीय जनवादको अन्तर्यमा पनि जमिन आकाशको फरक छ । यसकारण यो दल एक हुनका लागि नेकपा सबै समूहबीच हालैको प्रतिस्पर्धाको सन्दर्भमा केही प्रमख मुद्दाका बारेमा सम्बोधन हुनुपथ्र्यो । अहिलेको यो दलमा विवाद आउनुको मुख्य कारण सतहमा हेर्दा पद र प्रतिष्ठा देखिए पनि अन्तर्यमा राजनीतिक सहभागिताको समस्या नै हो । राष्ट्र्यि जीवनको राजनीतिक सामाजिक र आर्थिक आयाममा दलका मानिसहरू लगायत नागरिकहरूलाई संलग्न गर्न आवश्यक छ अन्यथा तासको घर झैँ दलहरू ढल्ने निश्चित छ ।
राजनीतिक सहभागिता
अहिले नेकपाभित्र मात्र होइन, नेपालका सबै दलमा सहभागिताको प्रकृतिमा विरोधाभाष छ । राष्ट्र्यि र स्थानीय अपक्षयलाई आकार दिनको लागि वास्तविक सहभागिता आवश्यक हुन्छ । यसको मूलमा सामाजिकता र राजनीतिक व्यवस्था दुबैमा पूर्ण भागिदारीका लागि साम्यवाद विचार र राजनीतिक आन्दोलन जो नागरिकको लागि समेत महत्वपूर्ण छ । तर नागरिकले साम्यवादी विचार या भनौं समाजवाद उन्मुख विकास अवधारणाको अनभूति गर्न पाएनन् । यसको मतलब नेपाली कम्युनिस्ट पार्टीका मानिसहरू देशभक्त छैनन् भन्न खोजिएको होइन तर उनीहरूको अभ्यास नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक वास्तविकता निहित सायद हुनुपर्ने तहसम्म भएन । यसको साथै आफ्नो क्रान्तिकारी गतिविधिलाई मानव मुक्ति र मुक्तिको अन्तर्राष्ट्र्यि सङ्घर्षको आन्तरिक भागको रूपमा रह्यो । नेपालका कम्युनिस्टहरूले विश्वका ठूला कम्युनिस्टहरूको देखासिकी त गरे तर तिनको सपनाले दुनियाँभरका कम्युनिस्टहरूको साथ साझा गर्न सकेन ।
नेपाली कम्युनिस्टहरू समयसापेक्ष माटो सुहाउँदो हुन जरुरी थियो । कतिपय सांस्कृतिक विषयमा अन्तर्राष्ट्र्यि जगत्मा अत्यन्त लोकप्रिय कम्युनिस्ट नेताहरूले उनीहरूको देश र समयसापेक्ष कम्युनिज्म स्थापना गरे र त्यसैलाई नेपालमा हुबहु लागु गर्ने प्रयास पनि केही कम्युनिस्टका नेताहरूले गर्न खोजे तर मूल्य र मान्यता सबैको फरक हुन्छ ।
संसदीय प्रणालीमा राजनीतिक दल नै सर्वोपरि हुन्छ । दल नै नागरिक र संसद्बीचको सञ्चार सूत्र हो जसबाट जवाफदेही र जिम्मवारीको सुविधा प्राप्त हुन्छ । र राजनीतिक दलहरूले नै सार्वजनिक नीति बनाउन सम्पूर्ण चरणमा महत्वपूर्ण भूिमका निर्वाह गर्छन् । यसकारण दलको विग्रहले देशमा नै परिवर्तन हुनसक्छ । दल विग्रह हुने प्रमुख कारण भनेको दलका सदस्यहरूको समान सहभागिता नहुँदा हो । नेकपा अहिले सबै नेताको राजनीतिक सहभागिता जुन तहको हुनुपथ्र्याे त्यो स्पष्ट हुन सकेन र विरोधका स्वरहरू सुनियो । नेतृत्व तहका मानिसहरूलाई विभिन्न विकाससँग सम्बन्धित समूह बनाएर कार्यविभाजन गर्न सकिन्थ्यो भने उनीहरूलाई विषयकेन्द्रित कार्य दिन सकिन्थ्यो तर त्यसो गरिएन । दलको सुन्दरता भनेकै त्यै हो जहाँ सबैले क्षमता अनुसार काम गर्न पाउँछन् । यसैले सबैलाई राजनीतिको मूलप्रवाहमा ल्याएर दलहरूलाई फुटबाट जोगाउन शीर्ष नेतृत्व तहबाट पहल गर्नुको विकल्प देखिँदैन ।
विखण्डनबाट बचाउन कम्युनिस्टले मात्र होइन सबै राजनीतिक दलले राष्ट्र्यि स्तरमा एउटा भूमिका निर्वाह गर्न जरुरी छ । उनीहरूले दलको भूमिका र प्रतिनिधि लोकतन्त्रका लागि महत्वपूर्ण अन्तर्दृष्टि प्रदान गर्न आवश्यक देखिन्छ । अन्तर र अन्तर संस्थागत निर्णय लिने क्षमता प्रक्रियामा चुनावमा पक्षपातपूर्ण व्यवहारको कारण नेपालका राजनीतिक दलहरूले मतदाता र संसद्को बीचको सञ्चारसूत्रको रूपमा कार्य गरेका छन् भन्न सकिने अवस्थासमेत छैन । दल फुटाउन राष्ट्रिय र अन्तर्राष्ट्र्यि पक्ष सक्रिय हुनसक्छन् । यसो हुुनको मुख्य कारण दलभित्र पक्षपातपूणर््ा व्यवहार भएर हो । पक्षपातपूर्ण राजनीति नेपालमा मात्र होइन दक्षिण एसियामा नै विगतमा देखिएको छ । पक्षपातपूर्ण राजनीतिबाट अलग हुनसके दलहरू विखण्डनबाट सजिलै जोगिनेछन् ।
(लेखक संयुक्त राष्ट्रसङ†घीय विकास कार्यक्रमअन्तर्गतका विभिन्न परियोजनामा पूर्वराष्ट्रिय कार्यक्रम प्रबन्धक हुनुहुन्छ । )