सञ्जय पन्थी
भारत स्वतन्त्र भएपछि महात्मा गान्धी भारतमा राष्ट्रपिता घोषित छन् । दुर्भाग्य, त्यहीँ उनलाई कसैले मुस्लिमका पक्षपाती, परम्परावादी, कसैले कट्टर हिन्दुका संरक्षक, कसैले सामन्तवादी–धर्मभीरुको आरोप लगाउँछन् । कतिसम्म भने अछुतहरूले वर्णव्यवस्थावादी, ब्राह्मणले अछुतवादी, स्वदेशीले विभाजनकारी, छिमेकीले कट्टर हिन्दुस्तानी र हिन्दुस्तानीले पाकिस्तानी भनेर आरोप लगाउने गरेको सुन्न पाइन्छ ।
आरोप कति सत्य वा मित्था हुन्, निक्र्यौल गर्ने जिम्मा आरोप लगाउनेहरूलाई नै छाडिदिऊँ । किनकि उनी स्वयम् भारतवासीका राष्ट्रपिता हुन् ।
गान्धी आलोचित र आरोपित भइरहँदा अध्येताका लागि भने तथ्य केलाउन आवश्यक हुन्छ । ‘भगवान् त अपूर्ण छन् भने म कसरी पूर्ण हुन सकुँला,’ भगवान्का त कमीकमजोरी रहन्छन् भने व्यक्तिमा कसरी नहोला ? उनले भनेका पनि छन् ।
भारतको राजनीतिमा गान्धी अदृश्य त्यस्ता पात्र हुन्, जो पृष्ठभूमिमा सधैँ जीवन्त छन् । गान्धीको आदर्श अस्वीकार गर्ने सङ्गठन वा समूहले पनि अप्ठ्यारो पर्दा उनलाई स्मरण गर्छन् । वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गान्धीको आदर्शविरुद्धको ‘स्कुलिङ’का ‘प्रोडक्ट’ नेता हुनुहुन्छ । तर पनि उहाँले कैयौँपटक गान्धीको दृष्टान्त दिएर जनमानसको विश्वास आर्जन गरिरहनुभएको हुन्छ ।
सत्य, प्रेम र करुणाका पक्षपाती गान्धी युगद्रष्टा मात्र नभएर प्रकृति र परम्परागत मूल्य–मान्यताका पक्षपोषक थिए । नैतिकतालाई उनले परम्परागत मूल्य र मान्यताको सहारामा स्थापित गरेको पाइन्छ । उनी जति परम्परावादी थिए, त्यति प्रगतिशील थिए । जन्मदै कट्टर हिन्दु परिवारमा जन्मिए तर सर्वधर्म समानत्व भावनाबाट उनले समाजको नेतृत्व गरे । उनले स्वतन्त्रता प्राप्तिको आन्दोलनसँगै धार्मिक र समाजिक विभेदविरुद्ध कैयौँ आन्दोलन गरे । रचनात्मक कर्मबाट
(चर्खाबाट सुत कात्नु) आन्दोलन चलाए । दलितहरूलाई हरिजनका नामले सम्बोधन गरे । दलित कन्याका अभिभावक बनेर कन्यादानसमेत गरे । छुवाछूतविरुद्ध देशव्यापी आन्दोलन र अभियान एकैसाथ चलाए । तर पनि उनी वर्ण व्यवस्थाका पक्षपाती थिए, अर्कातिर उनी जातिवादविरोधी पनि । उल्लिखित प्रसङ्गलाई अपव्याख्या गरेर उनलाई दोषारोपण गर्नेहरू भारत अहिले पनि क्रियाशील छन् ।
भारतमा गान्धीयुग
गान्धीको भारत आगमनसँगै भारतमा गान्धीयुग (सन् १९१५ देखि १९४७) सुरु भएको हो । समय कसैको वशमा हँुदैन । तर, समयलाई आफूअनुकूल प्रवाह गराउन सक्ने अद्भुत क्षमता गान्धीमा थियो । दक्षिण अफ्रिकामा उनी छपटकसम्म जेल परेका थिए । भारत आगमनपश्चात् पनि छपटक जेल परे । दक्षिण अफ्रिकामा पहिलोपटक १० जनवरी १९०८ मा जेल परेर भारत फर्किएको दोस्रो वर्षमा उनले दक्षिण अफ्रिकामा जस्तै सत्याग्रह सुरु गरे । भारतमा पनि समाजिक समस्यालाई उठान गर्दै सत्याग्रह सुरु गरिरहँदा उनले पागलको उपमा पाए । गान्धीमा अरूको दुःख, पीडा र मनोविज्ञानलाई बुझ्न सक्ने तिलस्मी गुण थियो । गान्धीलाई पनि समुदायलाई जागृत तुल्याउन सामाजिक समस्याको ‘इस्य’ु चाहिन्थ्यो ।
जेलजीवन र सत्याग्रह
सन् १९१५ मा दक्षिण अफ्रिकाबाट भारत फर्किएका गान्धी सन् १९१६ मा गुजरातबाट पूर्वी नेपालसँग सीमा जोडिएको विहारको चम्पारण आए । त्यहाँ ब्रिटिस शासकको (तीन कठिया) कर आतङ्क थियो । उक्त कर आतङ्कविरुद्ध गान्धीले भारतमा आफ्नो पहिलो सत्याग्रहको उद्घोष गरे । एक बिघामा खेती गर्दा किसानले अनिवार्य रूपमा तीन कठ्ठामा लगाएको खेती करबापत सरकारलाई करका रूपमा बुझाउनुपथ्र्याे ।
त्यो कर ज्यादतिपूर्ण रहेको ठहर गर्दै गान्धीले सत्याग्रहको तयारी गरेकै बखत १६ अप्रिल १९१७ मा भारतमा पहिलोपटक उनी गिरफ्तार हुन पुगे । तर पनि उनी आफ्नो लक्ष्यबाट विचलित भएनन् । गान्धीलाई चम्पारणको सत्याग्रहले न्याय दिलाउन सकिन्छ भन्ने आत्मविश्वास थियो, कृषकमाथिको कर ज्यादती अन्त्य गराउन सफल भए । चम्पारण सत्याग्रहले उनलाई भारतमा सर्वव्यापी र परिचित गरायो ।
चम्पारण सत्याग्रहको दुई वर्षपछि गान्धी पन्जावको अमृतसरमा एक कार्यक्रममा सहभागी हुन जाँदा सन् १९१९ अप्रिल १० तारिखका दिन बीचबाटोबाटै गिरफ्तार हुन पुगे । गिरफ्तारी उनका लागि भारतमा दोस्रो बन्न पुग्यो । गिरफ्तारीसँगै गान्धीको चर्चा भारतभर चुलियो । उनी गिरफ्तार भएको तीन दिनपछि १३ अप्रिलमा जालियावालावाग नरसंहार काण्ड हुन पुग्यो ।
जहाँ अङ्ग्रेज शासकको ज्यादतिले ३ सय ५० भन्दा धेरै निहत्था नागरिकको हत्या भएको थियो । हजारौँ घाइते भएका थिए । १० मार्च सन् १९२२ मा उत्तर प्रदेशको गोरखपुर जिल्लास्थित चौरीचारामा भएको घटनामा दोषी ठहर गर्दै अङग्रेज सरकारले गान्धीलाई देशद्रोहको आरोपमा गिरफ्तार ग¥यो । ६ वर्षको कैद सजाय ग¥यो । चौरीचारामा सुकम्वासी किसानका पक्षमा उनले सुरु गरेको सत्याग्रहका क्रममा स्थानीयले प्रहरी चौकीमा आक्रमण गरी छजना प्रहरीको हत्या गरे । आफू सत्याग्रहमा रहेका बेला उक्त हिंसात्मक घटना भएको भन्दै उनले सत्याग्रह स्थगित गरे । साथै, हिंसाको प्रायश्चितका लागि गान्धीले पाँच दिन उपवाससमेत गरेका थिए ।
त्यही घटनामा दोषी ठह¥याउँदै सरकारले उनलाई तेस्रोपटक गिरफ्तार ग¥यो । उनी जातिका बनियाँ (व्यापारी) थिए तर अदालतमा उनले आफूलाई ‘किसान र बुनकर’ बताएका थिए । त्यसबखत साबरमतीमा दैनिक चर्खा चलाउनु र चर्खाबाट तयार भएको सुतबाट कपडा बुन्नु उनको दैनिकी थियो । त्यही दैनिकीलाई उनले बयानमा व्यक्त गरे ।
चौथोपटक उनी सन् १९३० मा नमक सत्याग्रह सम्पन्न गरेलगत्तै मई ५ तारिखमा करडी भन्ने स्थानबाट मध्यरातमा गिरफ्तार भएका थिए । २६ जनवरी १९३१ मा उनको रिहाइ भएको थियो । त्यसपछि उनी पहिलो गोलमेच सम्मेलनका लागि लन्डन पुगेका थिए । राउन्ड टेबल सम्मेलन असफल भएपछि भारत फर्किएसँगै ४ जनवरी १९३२ मा बम्बईबाट उनी पाँचौँपटक गिरफ्तार भएका थिए । त्यसबखत उनले जेलमै उपवास (भोक हडताल) गरे । उक्त सत्याग्रह पनि सम्झौतामा टुङ्गिएको थियो । उक्त सम्झौता ‘पुना प्याक्ट’का नामले उल्लिखित छ । अन्तिमपटक ‘क्वीट इन्डिया’ (भारत छोडो, आन्दोलन) कार्यक्रमको घोषणा गरेसँगै सन् १९४२ मा अगस्त ९ तारिखमा उनी बम्बईबाट गिरफ्तार भए । त्यसपटकको जेल बसाइ उनका पुत्रसमानका स्वकीय सचिव महादेव देसाई र धर्मपत्नी कस्तुरबाको निधनले महँगो साबित हुन पुग्यो ।
‘भारत छोडो’ आन्दोलन
आन्दोलनको उद्घोषसँगै गान्धी भारतमा छैटाँैपटक गिरफ्तार भए । त्यसलगत्तै कैयौँ काँग्रेस नेता कार्यकर्तालाई अङ्ग्रेज सरकारले गिरफ्तार ग¥यो । भारतमा अगस्त क्रान्तिका नामले सन् १९४२ को आन्दोलन परिचित छ । स्वतन्त्रता प्राप्तिको उक्त आन्दोलनमा सहभागी भइरहँदा भारतीय नेतासँगै भारतमा रहेका नेपालीसमेत जेल परे । भारतमा जेल पर्नेहरू बीपी कोइराला, डिल्लीरमण रेग्मी, सूर्यनाथ उपाध्याय, कृष्णप्रसाद भट्टराई, वटुककृष्ण भट्टराई, गोपाल भट्टराई, मनमोहन अधिकारीलगायतका थिए ।
आन्दोलनले सफलता पाइरहँदा गान्धीको चाहनाविपरीत आफ्ना सहयोगी एवम् अनुयायीले ब्रिटिस सरकारसँग पाकिस्तान र भारतको विभाजनमा सहमति जनाउदै १४ अगस्त सन् १९४७ हस्ताक्षर गरे । विभाजनले गान्धी विक्षिप्त थिए । उनले त्यसबखत भनेका छन्, ‘मेरा सिने दो टुकडे हो गए’ (मेरो छाती दुई टुक्रा पारियो) अन्ततः उनैले चलाएको आन्दोलनको बलमा सन् १९४७ अगस्त १५ को मध्यरातमा भारत स्वतन्त्र देश बन्न पुग्यो ।
स्वतन्त्र भारतमा उनी जम्मा एक सय ६८ दिनमात्र बाँचे । सन् १९४८ जनवरी ३० तारिखका दिन एक अतिवादी हिन्दुले चलाएको गोलीबाट गान्धीको हत्या भयो । उनले हत्याका बखत पनि पूर्वप्रतिबद्धताअनुसार एøया, आत्था नगरी भने, राम–राम ।’
सत्कर्म र चरित्रका कारण गान्धी आधुनिक विश्वजगत्मा अहिंसाका पुजारीका रूपमा परिचित छन् । उनै अहिंसाका पुजारीको जन्म दिन हो– २ अक्टोबर । सन् १९६९ मा भारतको पोरबन्दरमा जन्मिएका अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीको जन्म दिनलाई संयुक्त राष्ट्रसङ्घले (सन् २००७ बाट अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउन सुरु गरेको छ । व्यक्तिको जन्म दिनलाई संरासंले दिवसका रूपमा मनाउने उनी नै पहिलो व्यक्ति भएका छन् । á
(लेखक अहिंसा र गान्धी विषयका अध्येता हुनुहुन्छ ।)