logo
२०८१ माघ ७ सोमवार



साइबरबाट चरित्रहत्या

विचार/दृष्टिकोण |




कुमार अभिनव

डिजिटल युगको सुरुवातलगत्तै साइबर सुरक्षा संसारका केहीले मान्यता दिए पनि भाइरसविरुद्ध प्रणालीको सुरक्षा गर्दा जैविक संसारबाट सिक्नुपर्ने कुरा धेरै छन् । अब कोरोना भाइरस महामारीले साइबर सुरक्षा विश्वबाट चिकित्सा जगत्लाई केही सिक्ने अवसर प्रदान गर्छ । सामाजिक मिडिया प्लेटफर्मले व्यक्तिलाई एक–अर्कोसँग जडान गर्न र एक क्लिकमा एक–अर्काको जानकारी पाउन अनुमति दिन्छ । यद्यपि, ‘फ्लिप’ पक्षमा, प्रविधिमा केही त्रुटि छन्, जसले अपराधीलाई पहुँचको यो स्वतन्त्रताको दुरुपयोग गर्न अनुमति दिन्छ, जसले साइबर अपराधमा वृद्धि गर्छ ।
आजको युग इन्टरनेटमा आधारित छ । प्रत्येक मानिस सूचना प्रविधिसँग जोडिएको पाइन्छ र सँगै धेरै मानिस साइबर अपराधको चपेटामा पनि परिसकेको देख्न सकिन्छ । विश्व कोरोना महामारीका बेला साइबर अपराधले झन् भयावह स्थिति सिर्जना गरेको छ । विश्वमा प्रौद्योगिकीको बढ्दो प्रयोगसँगै, त्यसमा चुनौती पनि बढ्नु नौलो कुरा हैन ।
नेपालको वर्तमान संविधानले गोपनीयताको हकलाई मौलिक हकका रूपमा समावेश गरेको छ । तैपनि साइबर अपराधीले व्यक्तिको व्यक्तिगत विवरण सामाजिक सञ्जालमा पोस्ट गरी व्यक्तिको गोपनीयताको हकलाई ठेस पु-याइरहेका छन् ।

रित्रहत्यामा प्रयोग
यस लकडाउन समयमा साइबर क्रिमिनल (ह्याकर)ले व्यक्तिको निजी जीवनलाई सामाजिक सञ्जालको माध्यमबाट तहसनहस गर्न झुटा आरोप, मानहानि, निन्दा, अपमान, पहिचान, चोरी र तोडफोडलगायतका धेरै कुरा गर्दै पोस्ट गर्दै आएको छ । साइबर क्रिमिनल (ह्याकर)ले कुनै व्यक्तिलाई आफ्नोतर्फ ल्याउन सामाजिक सञ्जाल प्रयोग गरिरहेको हुन्छ । उदाहरणका रूपमा त्यस्ता अपराध फेसबुक वा वैवाहिक मञ्च आदिमार्फत सम्पर्कमा आउँछन् र धेरै छिट्टै गहिरो मित्रता विकास गर्छन् । केही दिनको च्याटपछि नम्बर आदान–प्रदान हुन्छ । त्यस्ता अपराधमा, अपराधीले पीडितलाई आफ्नो निजी र नग्न फोटो वा भिडियो फोनमा साझेदारी गर्न आमन्त्रित गर्छ र भविष्यमा (सेक्स्टोरेसन)का लागि ‘पूर्व’द्वारा भण्डार गरी सुरक्षित गरिएको हुन्छ । यस्ता ‘फ्राउड’का सिकार पुरुष तथा महिला दुवै भएको पाइन्छ ।
अहिले धेरैजसो यस्ता केसमा व्यक्ति वैवाहिक वेबसाइट, डेटिङ साइट अनुप्रयोगको माध्यमबाट अज्ञात व्यक्तिको सम्पर्कमा हुन्छन् । धेरैजसो यस्ता कार्यमा आफ्नो समाज÷छिमेकी व्यक्ति नै संलग्न भएको पाइएको छ । जस्तो, भारतको नागपुरमा एक युवाले चिकित्साशास्त्रमा अध्ययनरत छिमेकी युवतीसँग फेसबुकमार्फत कुराकानी गर्थे । यस्ता कुराकानीलाई उसले पछि ‘एडिट’ गरी त्यसमा थप अश्लील शब्द थपेर आफ्ना अरू साथीसँग सेयर ग¥यो । ती युवतीको चरित्रहत्या ग¥यो । नेपालमा समेत यस्ता घटनाले युवकयुवतीमाथि मानसिक तनाव उत्पन्न गरेको पाइन्छ । यस्ता घटनाबाट युवतीको ज्यान जाने गरेको छ ।

भिडियो कल अपराध
वर्तमान समयमा साइबर अपराधीद्वारा (मुख्यतः महिला तथा बालबालिका) सामाजिक सञ्जालमार्फत प्रयोगकर्तालाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउने र फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदि भिडियो कल गरी अपरिचित व्यक्ति आफैँले अश्लील क्रियाकलाप देखाई सम्बन्धित व्यक्तिलाई उक्साएर अनैतिक कुराकानी तथा अश्लील क्रियाकलापमा संलग्न हुने वातावरण बनाउने र भिडियो रेकर्ड गर्ने गरेको पाइन्छ । सामाजिक सञ्जालमार्फत तपाईंको ह्वाट्सएप, भाइबर, इमो आदि नम्बर पत्ता लगाएर उनीहरूले भिडियो कल गर्नेबित्तिकै अश्लील क्रियाकलाप गर्न सुरु गर्छन् र भिडियो रेकर्ड गर्छन् । पछि उनीहरूले भिडियोलाई आधार मानी उल्टै तपाईंलाई धम्काउन सुरु गर्छ । तपाईंले मागेको रकम नदिए यस भिडियो तपाईंको फेसबुकमा भएको व्यक्तिसँग सेयर गरिदिन्छ ।
केही दिनअगाडि मात्र नेपाल प्रहरीको साइबर व्युरोले सामाजिक सञ्जालमार्फत यस्ता आपराधिक गतिविधिबाट सतर्क रहन प्रेस–विज्ञप्तिसमेत निकालेको थियो ।
सचेतना
सामाजिक सञ्जालमार्फत कोसँग कुरा गरेको र कसैलाई केही भनेको कुराप्रति सजग हुनुहोस् । कुनै पनि अज्ञात साइटमा आफ्नो व्यक्तिगत विवरण साझेदारी नगर्नुहोस् । समाजिक सञ्जालमार्फत अज्ञात व्यक्तिको ह्वाट्सएप, भाइबर, इमो आदिबाट आएको भिडियो कल उठाउनुअगाडि क्यामेरालाई ढाक्नुहोस् । कहिल्यै अनावश्यक सफ्टवेयर वा एप्लिकेसन जस्तै डेटिङ ऐप, अनलाइन गेमिङलाई अज्ञात स्रोतबाट ‘इन्स्टल’ नगर्नुहोस् । जब तपार्इं इमेल जाँच गर्दै हुनुहुन्छ वा मेसेन्जरमा च्याट गर्दै हुनुहुन्छ, तब कुनै पनि अज्ञात व्यक्तिले पठाएको सन्देशमा संलग्न लिंकमा क्लिक गर्दा होशियार हुनुहोस् । यदि साइबर अपराधमा पर्नुभयो भने उजुरी पनि दिन सक्नुहुन्छ । 
(लेखक साइबर सुरक्षा विश्लेषक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?