स्वास्थ्य सुरक्षाका लागि योग
गोरखापत्र अनलाइन
असार १२, २०७८ शनिबार
गीतामा भगवान् कृष्णले अर्जुनलाई भनेका छन् – योगस्थः कुरु कर्माणि अर्थात् हरेक काम योगअन्तर्गत रहेर गर । यो अत्यन्त गहन र सूत्रात्मक भनाइ हो । हाम्रो जीवनमा योगका धेरै आयाम छन् । हठयोग, प्राणयोग, ध्यानयोग, ज्ञानयोग, तन्त्रयोग मन्त्रयोग आदि । असल विचार, असल आचरण पनि योगअन्तर्गतकै कुरा हुन् । हाम्रा खानपान रहन सहन नै पनि योगानुकूल बनाउन सकिन्छ । बनाउनु जरुरी पनि छ ।
हाम्रा सनातन परम्परामा सभ्य, सुसंस्कृत बन्नका लागि...