दलीय व्यवस्थामा निर्दलीय अभ्यासको झलक
गोरखापत्र अनलाइन
असार १५, २०७८ मंगलवार
हाम्रो संविधानले ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’ हुने किटान गरेको छ । यो मान्यतामा टेकेर समाजवादको लक्ष्यसम्म पुग्ने प्रतिबद्धता गरिएको छ । यस प्रणालीको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने वाचा संविधानको प्रस्तावनामा नै उल्लेख छ । तर, अहिले संविधानको धारा ७६ को उपधारा ५ प्रयोगमा प्रतिनिधि सभामा उपस्थित दलको भूमिका सम्बन्धी फरक मतहरू सतहमा आएका...