समाज रूपान्तरणमा युवा
गोरखापत्र अनलाइन
असार १०, २०७८ बिहीबार
हाम्रो नेपाली समाज वर्ग विभाजित समाज हो । वर्ग विभाजित समाजमा संस्कृति पनि वर्गीय हुने गर्छ । संस्कृति जहिले पनि समाजको आर्थिक तथा राजनीतिक व्यवस्थाको विचारधारात्मक प्रतिविम्ब हुने गर्छ । नेपाली समाज अध्यात्मवादमा आधारित असाध्यै अन्धविश्वासी, अवैज्ञानिक र रुढिग्रस्त सामन्ती संस्कृतिद्वारा ग्रसित हँुदै आएको छ । संस्कृतिभित्र विचार, रुचि, भावना, मूल्य–मान्यता, सिद्धान्त, आचरण, परम्परा, संस्कार, दृष्टिकोण आदि...