विपद् र उद्धार (सम्पादकीय)
गोरखापत्र अनलाइन
असार ४, २०७८ शुक्रबार
मनसुन शुरु भएसँगै असारको पहिलो दिन मङ्गलबारदेखिको वर्षाका कारण आएको बाढी, पहिरोबाट सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटी बढी प्रभावित भए । तीमध्ये सिन्धुपाल्चोक, मनाङ र लमजुङका सार्वजनिक संरचना, व्यक्तिगत आवास तथा प्राकृतिक सम्पदामा व्यापक क्षति पुगेको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा छ जनाको मृत्यु भएको र २७...