चलायमान हुँदै अर्थतन्त्र (सम्पादकीय)
गोरखापत्र अनलाइन
असार ७, २०७८ सोमबार
पछिल्ला हप्तामा कोभिड–१९ (कोरोना) सङ्क्रमित निको हुने दर वृद्धि भएको छ । गम्भीर लक्षणसहित अस्पताल भर्ना हुने, आईसीयू बेड र भेन्टिलेटरमा राख्नुपर्ने दरमा पनि कमी आएको छ । यस्तै मृत्यु दर पनि घट्दो छ । जेठ १ मा सङ्क्रमित निको हुने दर ७४.४ प्रतिशत थियो, असार ५ गते ८९.३० प्रतिशत सङ्क्रमित निको भएका छन् । पछिल्ला तीन सातामा मात्रै एक लाख १८ हजार ५९२ जना निको भएका छन् । शनिबार मुलुकभर ५७ हजार ६१६ जना सक्रिय सङ्क्रमित छन् ।...