बालश्रम र बाल विकास (सम्पादकीय)
गोरखापत्र अनलाइन
जेष्ठ ३०, २०७८ आईतवार
बालश्रम विश्वव्यापी हो । विकासशील तथा अल्पविकसित देशका लागि त यो प्रमुख समस्यामध्येकै एक मानिने गरेको छ । बालश्रम यस्तो अवस्था हो, जसलाई समयमै उचित समाधान गर्न सकिएन भने यसले लामो समय देशको जनसाङ्ख्यिक लाभांशको उपयोगलाई परिणाममुखी हुन दिँदैन । आर्थिक दृष्टिले सक्रिय जनसङ्ख्याको उमेर संरचना सकारात्मक भए पनि बालश्रम, कुपोषण, अदक्षता, अज्ञानताले जनसाङ्ख्यिक लाभांशलाई प्रभावित गर्ने भएकाले शिक्षित गराउनुपर्ने...