संस्कार सुधार्ने समय !
गोरखापत्र अनलाइन
जेष्ठ २९, २०७८ शनिबार
कसैकहाँ पाहुना हुन जान नपाइने र आफूकहाँ पनि कसैलाई बोलाउन नहुने समय हो यो । छरछिमेकीले गुहार माग्दा पनि मुहार लुकाउनपर्ने अवस्था आयो । चाहेर पनि गुहार दिन जान सकिँदैन । जिउँदाको जन्त र मर्दाको मलामी जान पनि नहुने भयो । मृतक सङ्क्रमित भए, परिवारका सदस्य र अरू आफन्तजनले जम्मा भएर, अन्तिम श्रद्धाञ्जली दिएर, पालैपालो काँधमा बोकेर, घाटमा लगेर, प्रचलित परम्पराअनुसार अन्तिम संस्कार गर्दैनन् । नेपाली सेनाका तोकिएका जवानले,...