प्राकृतिक स्रोतको उपयोग (सम्पादकीय)
गोरखापत्र अनलाइन
जेष्ठ २८, २०७८ शुक्रबार
चुरे संरक्षण, विनाश र तराई–मधेसको मरुभूमीकरणबारे चर्का स्वर सार्वजनिक भएका छन् । यी स्वरले नेपालीहरूमा वृद्धि भएको वातावरणीय चेतनालाई स्पष्ट गर्छ । आजभन्दा ५० वर्षअघि नेपालमा यस्ता चेतनाका स्वर सायदै उठ्थे । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने छ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका...