ढुङ्गा, गिट्टी, बालुवाको अर्थराजनीति
गोरखापत्र अनलाइन
जेष्ठ २५, २०७८ मंगलवार
विश्वमा खानिजजन्य पदार्थको उत्खनन् वार्षिक ४७ देखि ५९ अर्ब टन हुने गर्छ । युएस जियोलोजिकल सर्भे २०१७ अनुसार अमेरिकामा मात्र ८८० करोड मेट्रिक टन बालुवा र गिट्टीको वार्षिक कारोबार हुन्छ । संसारभरको बालुवा कारोबारमध्ये चीनको हिस्सा २० प्रतिशत छ । पछिल्ला चार वर्षमा चीनमा बालुवाको जति खपत भयो, अमेरिकामा सय वर्षमा पनि भएको थिएन । भारतमा पनि विगत २० वर्षयता अघिल्ला वर्षको तुलनामा संरचना निर्माणका लागि वार्षिक तीन गुणा...