स्वच्छ वातावरणका लागि प्राकृतिक प्रणाली पुनरोत्थान
गोरखापत्र अनलाइन
जेष्ठ २२, २०७८ शनिबार
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन १९७३ देखि हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा विश्वभर मनाइँदै आइएको छ । वातावरण संरक्षणमा स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा विश्वस्तरमा देखिएका समस्या, सम्भावना तथा चुनौतीका बारेमा छलफल, बहस र विचार आदान–प्रदान गरी समाधानका उपाय खोज्ने अभियान हो– विश्व वातावरण दिवस । यस वर्षको विश्व वातावरण दिवसको प्रमुख विषय ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनःस्थापना’ रहेको...