विभीषणका रूपमा प्रदूषण
गोरखापत्र अनलाइन
जेष्ठ २३, २०७८ आईतवार
जब प्राकृतिक सन्तुलनमा दूषितता जन्मन थाल्छ, तब स्वच्छ र शुद्ध हावा, पानी तथा खाद्य पदार्थ पनि मिल्दैन । न शान्त सौम्य वातावरणमै बाँच्न पाइन्छ । यतिखेर संसारभर प्रदूषण समग्र प्राणी जगत्को भीषण र खतरनाक हिंस्रक तŒव भएर सङ्ग्रालिएको छ । जब पञ्चमहाभूत
(जमिन, पानी, प्रकाश, हावा र आकाश) अस्वस्थ हुन पुग्छन्, तब प्राणीको संसार कता स्वस्थ, चुस्त र दुरुस्त रहन्छ र ? यी पञ्चमहाभूतलाई साक्षात् भूत, प्रेत, डाइना, बोक्सी बनाउन प्राणीको...