नवगठित सरकारको अर्जुनदृष्टि
गोरखापत्र अनलाइन
जेष्ठ ४, २०७८ मंगलवार
प्रतिनिधि सभाको विघटन अदालतबाट असंवैधानिक ठहर भएपछि संसदीय जीवन पुरानै लयमा फर्कने अपेक्षा र न्यायाधीश वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासबाट ऋषि कट्टेलको पार्टीले वैधता प्राप्त गरेपछि पनि नेपाल कम्युनिस्ट पार्टीको विवाद साँघुरिएर जाने सम्भावना मिति गुजे्रको ओखती साबित भयो । अवसर बाजा बजाएर आउँदैन, आएकोलाई पछ्याउँदै अगाडि जानु बुद्धिमत्ता थियो तर अवसरलाई शासक दल नेपाल कम्युनिस्ट पार्टीले उपयोग गर्न सकेन ।...