आयोजनामा निरन्तर काम (सम्पादकीय)
गोरखापत्र अनलाइन
जेष्ठ ७, २०७८ शुक्रबार
कोभिड–१९ (कोरोना) महामारीबीच पनि केही ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको काम निरन्तर भइरहेको छ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तनहुँ सेती जलविद्युत् आयोजनालगायतमा निरन्तर काम भएको ती आयोजनाले जनाएका छन् । परियोजनाको कार्यस्थलमा आइसोलेन, स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी निर्माण कार्य निरन्तर गरिएको छ । आयोजनामा समय तालिका मिलाएर आवश्यकताअनुसार २४ सै घण्टा काम भइरहेको...