राष्ट्रिय जनगणना (सम्पादकीय)
गोरखापत्र अनलाइन
बैशाख ५, २०७८ आईतवार
तथ्याङ्क ज्ञानको स्रोत हो । कुनै पनि देशले आफ्नो समग्र पक्षमा वैज्ञानिक जानकारी राख्नका लागि विभिन्न स्रोत तथा तरिकाबाट तथ्याङ्क सङ्कलन गरेको हुन्छ । यसबाट देशको जनसङ्ख्यामात्र नभएर, त्यसको वितरण, प्रकृति र प्रवृत्ति, बनोटको समग्र अवस्थाबारे जानकारी हुन्छ । आर्थिक तथा सामाजिक विकासका सूचक प्राप्त गर्न सकिन्छ । योजना बनाउनेदेखि नीति निर्माणमा तथ्याङ्कले विशिष्ट मार्गनिर्दिष्ट गर्छन् । नेपालमा विक्रम संवत्...