सुरक्षित सडक विस्तार (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र ५, २०७७ बिहीबार
नेपालमा पछिल्ला वर्ष सडक विस्तारले निकै तीव्रता पाएको छ । भौतिक विकासको मुख्य पूर्वाधार सडक निर्माणसँगै अन्य संरचनाको विकास सहज हुने भएकाले यो मानव जीवनको पहिलो आवश्यकता बनेको छ । सरकारले पन्ध्रौँ योजना (२०७६÷७७–२०८०÷८१) मा सडक, हवाई, रेल तथा जल यातायातलाई उच्च प्राथमिकता दिएको छ । यस निम्ति सडक र पुलको विस्तार तथा स्तरोन्नतिलाई विशेष अभियान नै बनाइएको छ । विद्युत्, सडक, रेल, जलमार्गजस्ता भौतिक क्षेत्रमा स्रोत वृद्धि...