शिशु व्यथा
गोरखापत्र अनलाइन
चैत्र ७, २०७७ शनिबार
बिहानको ११ बजे, ड्युटीको दिन, राउण्ड (अवलोकन परीक्षण) मा निर्णय गरिएका कामहरू फत्ते गर्ने क्रममा एनआईसीयुमा हुँदा एक्कासि मेरो ‘स्क्रब डे«स’ को दाहिने खल्तीमा भएको ड्युटी फोन बज्छ ।
फोन हेर्छु त इमर्जेन्सीबाट । ल अब ड्युटीको सुरुवात भइहाल्यो नि भनेर फोन उठाउँछु । मेडिकल अफिसरको फोन सुनिन्छ – दिदी, चार महिनाको बच्चा आएको छ इमर्जेन्सीमा, रगत वान्ता ग¥यो भनेर । आमालाई सोध्दा नाकबाट पनि एकपटक रगत आएको थियो रे, बिहान नाकमा...