आर्थिक समृद्धिका लागि कोष
गोरखापत्र अनलाइन
चैत्र ४, २०७७ बुधबार
नेपालको पहिलो पञ्चवर्षीय योजना (२०१३÷२०१८) देखि नै गरिबी निवारण मुख्य एजेण्डाको रूपमा रहँदै आएको छ । नेपालले गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएको लामो समय बितिसकेको छ तर कार्यान्वयनको अवस्था जस्ताको तस्तै छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सामाजिक न्यायसहितको तीव्र विकास, सुशासनसहितको जनउत्तरदायी राज्य, समाजवाद उन्मुख समृद्ध अर्थतन्त्रको निर्माणमा...