जनस्वास्थ्यमा मानवीय संवेदना
गोरखापत्र अनलाइन ,
असार १६, २०७७ मंगलवार
कोभिड १९, कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुनेहरूको सङ्ख्या दिनहुँ बढिरहेको छ । लकडाउनको पालना, सामाजिक र भौतिक दूरी कायम गर्ने, विशेष सरसफाइ अपनाउने लगायतका रोग परीक्षण विधिका विभिन्न विकल्प पनि सार्थक परिणाम दिन प्रायः असफल भएका छन् । भारतसँगको खुला सिमानाले गर्दा त्यहाँ बढिरहेको प्रत्यक्ष सङ्क्रमणबाट नेपाल प्रत्यक्ष प्रभावित हुन पुगेको छ । कामको खोजीमा भारत पसेका लाखौँ नेपाली दिनहुँ हजारौँको सङ्ख्यामा नेपाल...