भूमिसुधार के, किन र कसरी ?
गोरखापत्र अनलाइन ,
असार १९, २०७७ शुक्रबार
नेपालमा भूमिसुधारको मुद्दाले चर्चा पाएको सत्तरी वर्ष पुग्दै छ । २००७ मा तत्कालीन राजनीतिक शक्ति काँग्रेस र कम्युनिस्टहरूले राणा शासन फाल्ने अभियानमा उठाएका कतिपय मुद्दामध्ये ‘जसको जोत उसको पोत’ पनि एक थियो ।
विगत सात दशकका भूमिसम्बन्धी आन्दोलन र सुधारका प्रयासहरू भूमिको असमान वितरण, हदबन्दी, गयल जमिनदारी, मोहियानी, हलिया–हरवा–चरवा–कमलरी, गुठी, सुकुम्बासीलगायतका समस्याको वरिपरि घुमेको छ । यी विषय भूमि व्यवस्थापनको...