अराजकता उन्मुख आन्तरिक प्रजातन्त्र
गोरखापत्र अनलाइन ,
असार १४, २०७७ आईतवार
सुखद संयोग हो– जननेता मदन भण्डारीलाई सम्झिरहँदा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी, स्थायी समितिको बैठक जारी छ । बल्खुमा मदनको सालिकलाई साक्षी राखेर घोषणा गरिएको र यथार्थमा रूपान्तरित भएको नेकपा एकतापछि कति एकीकृत हुन सक्यो, त्यो बहसमै छ । जारी बैठकको एउटा एजेन्डाभित्र एकता प्रक्रिया सम्पूर्णमा टुङ्याउने पनि छ ।