मृत्यु नियमित आकस्मिकता
गोरखापत्र अनलाइन ,
असार २०, २०७७ शनिबार
प्राणीजगत्मै स्वाभाविक रूपमा भइरहेको प्रक्रिया हो मृत्यु, यो परिवर्तनको एक क्रिया हो । मृत्यु जीवनमा हुने वास्तविकताको एक अटल विश्राम हो । जन्मपछि मृत्युतिर लम्किरहेको समयलाई हामी जीवन भन्दछौँ । मृत्युको प्रक्रिया फरक छ, कसैको दुर्घटनाबाट, कसैको आत्माहत्याबाट, मृत्युदण्ड, रोग, शोक, भोक र अन्य कुनै न कुनै कारणबाट जन्मेर आजसम्म मृत्यु नभएको कोही छैन । यो यथार्थ सत्य हो, यसबाट जोगिएर जति पर पुगे पनि मृत्युको नजिक पुग्दछ ।...