सीमाविवादको दीर्घकालीन समाधान
गोरखापत्र अनलाइन ,
जेष्ठ ४, २०७७ आईतवार
नेपाल–भारतको सीमाविवादको लामो इतिहास छ । पटकपटक कुरा उठे पनि भारत समस्या समाधानमा सकारात्मक देखिएको छैन । सन् १९६२÷१९६३ तिर नेपाल–चीनको सीमाङ्कनको बेला भारतलाई पनि खबर गरियो, भारतले उदासीनता देखायो र प्रतिनिधि पठाएन । सन् १९६२÷६३ मा भएको भारत – चीनको लडाइँमा तत्कालीन राजा महेन्द्रले कालापानीको तिल्सीमा भारतीय सेना राख्न दिए, त्यहीँबाट पश्चिमको सीमा बल्झिँदै आएको छ ।