सम्बन्धको निरन्तरता (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
भाद्र २६, २०७६ बिहीबार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणमा नेपालको औपचारिक भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी मङ्गलबार अपराह्न स्वदेश फर्कनुभएको छ ।