वरिपरि हिउँले घेरिएको मुस्ताङको सुन्दर ढुम्बा ताल (फोटो फिचर)
गोरखापत्र अनलाइन
पुष ४, २०७८ आइतवार
वरिपरि रहेका निलगिरि हिमाल, धौलागिरि, मानापाथीलगायतका हिमशृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल पुग्छन् । जोमसोमबजारबाट छोटो समयमा यहाँ पुग्न सकिन्छ । तालसम्म पुग्न सडक निर्माण गरिएको छ ।