सङ्खुवासभाको किमाथाङ्कामा बाक्लो हिमपात (फोटो फिचर)
गोरखापत्र अनलाइन
पुष ११, २०७८ आइतवार
जिल्लाको किमाथाङ्का नाका क्षेत्रमा बाक्लो हिमपात परेपछी जनजीवन कष्टकर बनेको छ । शुक्रबार साँझदेखि हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण पशु चौपायमा बढी असर पुगेको स्थानीयको भनाई छ । नागरिकहरु घर बाहिर निस्कन सकेका छैनन् । बाँधिएका पशु चौपायालाई घाँस, पानी दिन नसकिएको किमाथाङ्काकाका थुजुक भोटेले जानकारी दिनुभयो ।