संरक्षण गरिँदै रक क्लाइम्बिङ रुट (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
पुष १०, २०७८ शनिबार
बन्दीपुर गाउँपालिका–४ को विमलनगरस्थित चुनपहरामा खेल रक क्लाइम्बिङ गर्नेको भीड जम्मा गरिएको छ । यो भीड रक क्लाइम्बिङ पारखीको अभ्यासको लागि नभई फरक उद्देश्यले गरिएको हो । त्यहाँस्थित रक क्लाइम्बिङको रुट संरक्षण गर्न दबाब दिन स्वदेश तथा विदेशी खेलाडीहरुलाई जम्मा गरिएको छ । सङ्ख्या धेरै भएकाले चुन पहरोमा छपक्कै उक्लिएको मान्छेहरु देखिन्छ ।