घोडाघोडी सिमसारमा चराको चहलपहल (फोटो फिचर)
गोरखापत्र अनलाइन
मंसिर २३, २०७८ बिहीबार
विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी सिमसारमा यो बेला चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि रसियाको साइबेरिया, मङ्गोलियालगायतका स्थानबाट यहाँ आगन्तुक चरासमेत आएपछि चराचुरुङ्गीको चहलपहल बढेको हो ।