माफ गर्नोस् राष्ट्रकवि ! खोजी गर्नै प¥यो, ‘ज्ञानपुष्प’ कि ‘वैराग्य पुष्प’ ?
गोरखापत्र अनलाइन
आश्विन १७, २०७७ शनिबार
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको ४५ दिन नाघेको छ । २०७७ भदौ २ गते निधन भएपछि उहाँको जीवनवृत्त र योगदानबारे धेरै चर्चा परिचर्चा भए । त्यसै मेसोमा केही विवादित विषय पनि जनमानसमा पस्कने काम भयो । खासगरी उहाँको पहिलो कविताको प्रकाशन काल र शीर्षक तथा उहाँको लेखनवृत्त सत्ताको वरिपरि केन्द्रित रहेको भन्नेबारे विवाद देखिएका हुन् । यहाँ राजनीति प्रकृतिको पछिल्लो विवादभन्दा पनि पहिलो कविता र प्रकाशन समयबारे निक्र्योल...