कथा : एक जोडी परेवा लखेटिरहेको मलेवा
गोरखापत्र अनलाइन
आश्विन १७, २०७७ शनिबार
सानो परिवारको आशा, भरोसा र विश्वासको एउटै केन्द्र थियो– नरेश । एक्लो छोरो भएर पनि नरेश निकै नै सज्जन थियो । नरेशका बाआमाको प्राण नरेशमै बसेको थियो । ऊ पढाइलेखाइमा पनि निकै होशियार थियो । बाआमाले कति दुःखले एमएसम्म पढाएका हुन् भन्ने कुरा नरेशलाई राम्रैसँग थाहा थियो र उसलाई हेक्का पनि थियो ।
पढाइ सकिएको केही समयपछि नै उसले आफ्नै बलबुताले देशकै ठूलो लिकर कम्पनीमा काम गर्ने अवसर पायो । जागिरे जीवनको सुरुदेखि नै तलबका रूपमा...