सिर्जना शिखरमा परशु प्रधान
गोरखापत्र अनलाइन
आश्विन १०, २०७७ शनिबार
नभेटुन्जेलसम्म कसैसँग सम्बन्ध हुँदैन । कुनै सरोकार पनि हुँदैन । भेटे पनि अर्थ रहँदैन । सम्पर्कमा आएपछि नै हो सम्बन्धको हिसाब–किताबमा जोड घटाउ हुँदै जाने । तर कतिपय सम्बन्ध यस्ता हुन्छन्, जुन टाढा भएर पनि नजिकैको बनेको हुन्छ । नभेटेरै भेटिसकेकोजस्तो । नचिनेरै चिनिसकेकोजस्तो । सबै अनुभव र अनुभूतिका कुरा हुन्, मनका कुरा हुन्, इमानदारी र आदर्शका कुरा हुन् ।
कतिपय सम्बन्ध भने नजिकै भएर पनि नजिकिएको अनुभूति गर्न सकिँदैन...