लुम्बिनीमा वसन्त स्नान गर्नेहरू नदेख्दा...
गोरखापत्र अनलाइन ,
बैशाख २७, २०७७ शनिबार
विश्व शान्तिको मुहान भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको मात्र नभई, विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । बौद्ध धर्मावलम्बीमात्र नभई, विश्वभर रहेका नेपालीका लागि श्रद्धाले नतमस्तक हुने यो तपस्थल यतिबेला साँच्चिकै सुन्दर अनि शान्त छ ।