कोरोनाविरुद्ध वैश्विक लडाइँ
गोरखापत्र अनलाइन ,
बैशाख ६, २०७७ शनिबार
गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको कोरोना सङ्क्रमण अहिले २१० देशमा फैलिएको छ । सुरुमा भाइरल इन्फ्लुएन्जा मानिएको कोरोना सङ्क्रमण स्थानीय, अन्तरदेशीय हुँदै वैश्विक महामारीको रुपमा विस्तार हुँदै गर्दा यो भाइरसबाट लाग्ने रोगलाई विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ नामकरण गरेको हो । कोरोना सङ्क्रमणले हालसम्म २० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भइसकेका छन् भने करिब डेढ लाख व्यक्तिको मृत्यु भइसकेको छ ।