सहरी सौन्दर्य
गोरखापत्र अनलाइन
पुष १०, २०७८ शनिबार
काठमाडौँ महानगरपालिकामा ‘हराभरा काठमाडौँ’अन्तर्गत पर्ती जग्गा, घर–करेसा, नदी–पोखरीका किनार, सडकका बीच भाग तथा पेटीमा वृक्षरोपण हुँदै आएको छ । यस कार्यमा वनसँग सम्बन्धित निकाय, वातावरण संरक्षणसँग आबद्ध सरकारी तथा गैरसरकारी संस्था, महानगर तथा वडा कार्यालयका साथै सडक विभागसमेत संलग्न हँुदै आएको छ तर अत्यधिक सवारीसाधनको चाप तथा सडकको दुरवस्थाका कारण उत्पन्न धुवाँधुलोबाट भएको प्रदूषणले बिरुवा रोगाउने, वृद्धि नहुने...