गजल
उचाल्न खोज्छु देश यो, विदेशमा रह्यौ तिमी विरक्त लाग्छ जिन्दगी, कथा भुली गयौ तिमी । भएन देश चम्किलो, रहेन आत्मनिर्भर युवा जमात रित्तिए, पराइको भयौ तिमी ।
भक्तपुर
सुन्दर शान्त विशाल, भक्तपुर हो एक मिसाल मनमोहक गन्तव्य हो, पाइन्छ विविध विशाल । हाम्रो गौरव, हाम्रो सौरभ हो, भाषा, भेष भुषा संस्कृतिको नमुना हो, बन्यो विश्व सम्पदा ।
शब्दले खिचेको आमाको चित्र
मानव जातिमा मात्र होइन, पशुपन्छीमा पनि आमा र सन्तानबीचको सम्बन्ध अद्वितीय हुन्छ । त्यस यथार्थलाई साकार पार्दै खगराज बरालले ‘स्यानी’ उपन्यास आफ्नी आमाको बारेमा लेख्नु भएको छ । सहृदयी पाठकका लागि यो कृति अत्यन्त मर्मस्पर्शी छ । लेखकले यस उपन्यासमा आफ्नो बाल्यकालदेखिका अनेकानेक सम्झना कलात्मक रूपमा बुनेर राख्नु भएकाले यसलाई उहाँको आत्मकथासहितको उपन्यास वा ‘आत्मोपन्यास’ भने पनि हुन्छ । जन्म नै मृत्युको अकाट्य कारण...
मुक्तक परम्परामा ‘तनहूँ भकुण्डो’
मुक्तक अत्यन्त लघुतम आकारमा रचिने कविताको अर्को स्वरूप हो । मुक्तकमा जीवनजगत्को अत्यन्त छोटो एवं सानो विषयवस्तुको वस्तुगत अथवा आत्मपरक कथनको संरचना हुन्छ । त्यसैले मुक्तक एउटा लयबद्ध भाषिक सिर्जना हो । अग्रणी विद्वान् समालोचक डा. वासुदेव त्रिपाठीले नेपाली कविताको उपविधागत वर्गीकरण गरी मुक्तकलाई सबभन्दा सानो वा लघुतम प्रकार भनेर उल्लेख गर्नुभएको छ ।
आशीर्वाद
आशीर्वाद दिने र लिने चलन कहिलेदेखि चल्दै आयो भन्ने कुराको कुनै ठोस प्रमाण पाउन सकिँदैन । अन्य कैयौँ चालचलन र परम्पराजस्तै ‘आशीर्वाद’ पनि सनातन संस्कृतिको एउटा रूप हो भन्न सकिन्छ । अनादि वा अर्वाचीन कालदेखि नै मनुष्य समाजले अपनाउँदै आएका जीवन सापेक्ष व्यवहारहरूमध्येको एक ‘आशीर्वाद’ पनि हो । आशीर्वादको व्यवहारले निरन्तरता पाउँदै जाँदा यसले एउटा अभिन्न संस्कृतिको स्वरूप ग्रहण ग¥यो । देश, काल र परिस्थितिअनुसार आशीर्वादका...