कलासाहित्य यात्राका चार दिन
गोरखापत्र अनलाइन
कार्तिक २७, २०७८ शनिबार
कोरोना कहरको प्रहर र असर बाँकी नै थियो, नजिकिएको उल्लासमय चाड तिहारको रौनक सुरु भइसकेको थियो, त्यसमा पनि काठमाडौँदेखि रोल्पासम्मको चारदिने यात्रामा जानु छ हामीलाई । विगत डेढ दशकदेखि देशभित्र र बाहिर राष्ट्रिय कलासाहित्य यात्रा गर्दै आइरहेको नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेहरूले सायदै यात्रामा सहभागी हुन आनाकानी गर्लान् ? चुस्त र भव्य कार्यक्रम गर्न सफलता पाउँदै आएकाले...