अमेरिकामा नेपाली सपना
गोरखापत्र अनलाइन
श्रावण २, २०७८ शनिबार
विदेशी भूमिमा बसेर जीवन बिताउनु भनेको बेफुर्सदी जीवन बाँच्नु हो, काम, काम, कामबाहेक अर्थोकमा समय दिनै भ्याइँदैन भनेर कमाउन र व्यस्ततामै रमाउनेको कमी छैन । देशबाहिर बसेर पनि देश चिनाउने काममा लागेर समय बिताउने पनि छन् । अरूण रुपाखेती अमेरिकाको भर्जिनियामा बसेर आफूमात्र चिनिनुभएको छैन देश र संस्कृति चिनाउन पनि लागिपर्नुभएको छ । धादिङबाट पढ्नका लागि र केही गर्छु भन्ने उत्साह बोकेर तीसको दशकमा काठमाडौँ टेकेपछि उहाँका...