भानुभक्तीय रामायण : दृष्टिविहीनलाई पनि
गोरखापत्र अनलाइन
असार २६, २०७८ शनिबार
राष्ट्रिय, भाषिक, साहित्यिक, साँस्कृतिक सबै दृष्टिले भानुभक्त आचार्यको रामायणको नेपालमा ठूलो महŒव छ । विक्रम संवत् २००६ सालमै दार्जिलिङको चौरस्तामा उनको सालिक खडा गरिनु नेपालबाहिर पनि नेपाली जातिका लागि उनको महŒवको द्योतक थियो । त्यहाँ रहेको उनको सालिकमुनि ‘नेपाली जातीय कवि’ लेखिएको छ । नेपालमा राणा शासन हटेपछि शिक्षाको प्रसार बढ्यो र उनका विषयमा थप अध्ययन अनुसन्धान हुनु स्वाभाविक भयो । उनकाबारेमा दर्जनौँ किताब...