घामका किरण हानिकारक पनि !
सन् १९३० को दशकमा एकजना अस्ट्रेलियन रसायनशास्त्रीको हिमाल चढ्ने क्रममा छालाको रङ बिग्रियो । यो घटनापछि अनुहार तथा हात–खुट्टाको छालालाई जोगाउन रसायनको प्रयोग गर्नुपर्छ भन्ने विषय विश्वमा विकसित हुन थाल्यो । छालालाई जोगाउन आज हजारौँ कम्पनीका हजारौँ थरीका उत्पादन बजारमा छन् । विशेषगरी घामबाट जोगाउन विभिन्न थरीका रासायनको उत्पादन भइरहेका छन् । यी रसायनलाई हामी सनस्क्रिन, सनब्लक अथवा सनटान लोसन भनेर चिन्छौँ । इतिहासमै...
के सिक्ने ? मेलम्चीको पीडाबाट !
गत असार १ गते साँझ सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा अचानक आएको भीषण बाढीले ती दुई नदीको सङ्गमस्थलमा रहेको मेलम्ची बजारमा ठूलो मात्रामा ग्रेगान (ढुङ्गा, गिट्टी र बालुवाको मिश्रण) थुपारेर त्यहाँको जनजीवन तहसनहस बनायो । इन्द्रावतीको बाढीले मुख्यतः बालुवा मिश्रित माटो ल्याएको थियो भने मेलम्चीको बाढीले आथाह ग्रेगान र रूखका हाँगा र मुढालाई पनि ल्याएको थियो । धन्न घटना उज्यालो हुँदै सुरु भएको थियो र माथिल्लो...
असार (कविता)
वर्षा बोकी, रिमिझिमी बनी, नाच्न थालिन् असार । पाखाबँेसी, समतलगरा, गर्न थालिन् सुसार ।। खोलानाला, कलुष झरना, बैँसमा जुर्मुराए । रोपारेका, रसिक रसना, प्रीत पोख्दै सुसाए ।।१।।
म बाउसे (कविता)
म बाउसे एक आममान्छे असारको आगमनसँगै मेरो भूमिका फेरियो म गह्रागह्रामा मार्चपास गरिरहेको छु माटोका अग्ला ढिस्कालाई सम्याउँदै झारहरूलाई हिलोमा दफन गर्दै जीवितलाई जैविक पार्दै । हलीदाइ तत्तत्त आवाजसँगै सिर्जनाका डोब लगाउँदै अघि बढ्छन् म पछ्याउँदै छु समथल सुनिश्चित गर्न
नाभि महात्म्य (निबन्ध)
संस्कृत वाङ्मयको चर्चित र लोकप्रिय श्लोक हो यो । चर्चित हुन लोकप्रिय बन्नु पर्दोरै’छ । लोकप्रिय भएरै चर्चित हुँदोरै’छ । यो श्लोक वर्णन गर्छ – आकृतिमा अत्यन्त शान्त, शेषनागको शøयामा शयन गरेको र नाभिस्थलबाट कमलको फूल फुलेको, दैवी लीलाका परिपालक, विश्व विधानकै विधायक सर्वव्यापि आकाश जतिकै नीलो वर्णका सृष्टि संरक्षक, योगीहरूका यौगिक अन्तरध्यान दृष्टिमा प्रकट हुने विष्णु अवतार । श्रीमद्भागवत् गीतामा बाल्यकालमै कण्ठाग्र...