हिमपातपछि सम्पर्क विच्छेद भएको हिमाली बस्ती याङ्मा
गोरखापत्र अनलाइन
पुष २७, २०७८ मंगलवार
ताप्लेजुङको हिमाली बस्ती याङ्मासँग दुई सातादेखि सम्पर्क विच्छेद भएको छ । अघिल्लो साताको मङ्गलबार र बुधबार अर्थात पुस १३ र १४ गते हिमाली क्षेत्रमा भारी हिमपात भएसँगै फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मासँग सम्पर्क विच्छेद भएको हो ।