logo
२०८१ बैशाख २१ शुक्रवार

  होम ग्राउण्डमा तनाव  



मोरिससविरुद्ध नेपालको दोस्रो जित: मैत्रीपूर्ण खेलमा चार रातो कार्ड !

तीन खेलाडी र एक अफिसिललाई रातोकार्ड

खेलकुद |


मोरिससविरुद्ध नेपालको दोस्रो जित: मैत्रीपूर्ण खेलमा चार रातो कार्ड !
तस्बिर केशव गुरुङ्ग


काठमाडौं, माघ १८ गते । मोरिससविरुद्ध तनावपूर्ण बनेको मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल विजयी भएको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको हो । नेपालको जितमा सुजन श्रेष्ठको गोल निर्णायक बन्यो ।

खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गर्नुभएको हो। मोरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा तीन खेलाडी र एक अफिसियलले पहेंलो कार्ड पाएका हुन् ।

नेपालका एक र मोरिससका दुई खेलाडीले रातो कार्ड पाएका हुन् । नेपाल १० खेलाडीमा हुँदा मोरिससको टिममा ९ खेलाडी थिए । खेलका क्रममा विवाद भएपछि मैदान छिरेका नेपालका अफिसियल विकास मल्ललेसमेत रातो कार्ड पाउनुभएको हो ।

नेपालका पुजन उपरकोटी दोहोरो पहेंलो कार्ड पाएर मैदान छोड्न बाध्य हुनुभएको हो भने मोरिससका दुई खेलाडीले रातो कार्ड पाउँदा टोली ९ खेलाडीमा सीमित भएको थियो । खेलमा म्यान अफ द म्याच किरण गुरुङ बन्नुभएको छ । उहाँले ७५ हजार रुपैया पाउनुभएको छ । नेपालको जितमा उहाँले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । 

यसअघि शनिबार भएको पहिलो खेलमासमेत नेपाल १ शून्यले विजयी भएको थियो । शनिबारको खेलमा नेपालका लागि विमल घर्तीमगरले निर्णायक गोल गर्नुभएको थियो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?