logo
२०८० चैत्र १६ शुक्रवार



युक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य अहिलेसम्मकै उच्च : एफएओ

अन्तर्राष्ट्रिय |


युक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य अहिलेसम्मकै उच्च : एफएओ


पेरिस, चैत २५ गते । रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको खाद्य तथा कृषि सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायतका पदार्थको मूल्य अत्यधिक धेरै भएको हो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकोले मार्च महिनामा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् । युद्धका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको बताइएको छ ।

युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्यून आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसङ्घले चिन्ता पनि व्यक्त गरेको छ । राष्ट्रसङ्घले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई पटक पटक आग्रह गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?