उडान खुलेकाे पहिलाे दिन विराटनगर विमानस्थलबाट १८ उडान
गोरखापत्र अनलाइन
कार्तिक ६, २०७८ शनिबार
अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द भएको विराटनगर विमानस्थल शनिबार बिहानबाट खुलेपछि दिनभरीमा १८ उडान भएको छ ।
बिहान ७ बजेबाट विमानस्थल खुला भएपछि अपरान्ह ५ बजेसम्म पाँच वायु सेवा कम्पनीका विमानले उडान भरेका थिए । विमानस्थल खुला भएसँगै विराटनगरबाट बुद्ध एयरले सात, यती एयरले पाँच, श्री एयरले तीन, सौर्य एयरले दुई र गुण एयरले एउटा गरी १८ उडान भरेको विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो...