विराटनगर विमानस्थल खुल्यो, साँझ ५ बजेसम्म उडान हुने
गोरखापत्र अनलाइन
कार्तिक ६, २०७८ शनिबार
अविरल वर्षाका कारण सोमबार साँझबाट बन्द विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । बिहान ७ बजेबाट विराटनगर विमानस्थल खुला भएको हो । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित उडानहरु खुला भएको विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।