बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुन्छ तर यो अस्वस्थ हुनुहुदैन :अध्यक्ष ओली
गोरखापत्र अनलाइन
आश्विन २८, २०७८ बिहीबार
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाएर राजनीतिक दलहरु अघि बढ्नुपर्ने बताउनुभएको छ । दशैं, तिहार, छठ र नेपाल सम्वत् लगायतका चाडपर्वको उपलक्ष्यमा एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापामा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रका लागि दलहरु शक्ति पृथकीकरणमा अडिएर देश र जनताप्रति निष्ठावान रहेर काम गर्नुपर्ने बताउनुभयो ।