रेल चल्ने भएपछि जनकपुरका व्यापारी उत्साहित
गोरखापत्र अनलाइन
माघ २७, २०७८ बिहीबार
झण्डै एघार वर्षपछि रेल सेवा सञ्चालन हुने निश्चित भएपछि जनकपुरका स्थानीय पर्यटन व्यवसायी, उद्योगी, व्यापारी हर्षित भएका छन् । रेल सञ्चालनमा आएमा भारतीय पर्यटकको सङ्ख्या बढ्ने र व्यापार व्यवसाय फस्टाउने व्यापारीको बुझाइ छ । फागुन १ गतेबाट धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन गर्ने तयारी नेपाल रेल्वे कम्पनीले गरेको छ ।