विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान : प्रदेश प्रमुख गुरुङ
रासस
माघ १९, २०७८ बुधबार
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान भएको बताउनुभएको छ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारको अवसरमा आज शुभकामना दिँदै उहाँले सोनाम ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्नुभयो ।